लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै धनगढी एफसीको लगातार दोस्रो जित
धनगढी । बुटवल लुम्बिनी फुटबल क्लबमाथि १-० को सनसनीपूर्ण जित निकाल्दै धनगढी एफसीले नेपाल सुपर लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलावाले अफिजले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि धनगढीले दशरथ रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा बुटवललाई १–० गोलअन्तरले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटमा दुबै टोलीले बराबरी खेलेका थिए ।इन्जुरी समयमा नेपाली घरेलु फुटबलमा सर्वाधिक सफल स्ट्राइक ओलावालेले गोलरक्षकको खुट्टा मुनिबाट बललाई पोस्टको दिशा दिदैँ धनगढीलाई ३ अंक दिलाएका थिए ।
यो धनगढीको लगातार दोस्रो जित हो । यसअघि धनगढीले वीरगञ्ज यूनाइटेड एफसीलाई २(१ ले पराजित गरेको थियो । जितसँगै धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ ।
खेलको प्लेयर अफ द म्याच धनगढीका गोलकिपर मोहम्मद ताहा घोषित भए । धनगढीले अर्को खेल आगामी शनिबार ललितपुर सिटी एफसीसँग खेल्नेछ ।
प्रतिक्रिया