कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ

  मङ्गलबार २८, चैत २०७९ १६:०२

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित धनगढीका २ युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ति मगर रहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्। 

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु।प।प्र।०१–००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई खैरो हेरोईनसहित फेला पारी पक्राउ गरेको जनाएको छ। 

clock मङ्गलबार २८, चैत २०७९ १६:०२

प्रतिक्रिया