भारतविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जीत, म्याक्सवेलले बनाए कीर्तिमानी शतक

  बुधबार १३, मङि्सर २०८० ०६:१६

काठमाडौं । ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकको मद्दतमा अस्ट्रेलियाले तेस्रो टी-२० आई सिरिजमा भारतविरुद्ध ५ विकेटको रोमाञ्चक जीत हात पारेको छ । 

गएराति भएको खेलमा जितको लागि पाएको २२३ रनको विशाल लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । अस्ट्रेलियालाई जिताउन ग्लेन म्याक्सवेल ४८ बलमा ८ चौका र ८ छक्कासहित १०४ रन बनाउँदै अविजित रहे । 

यो ग्लेन म्याक्सवेलको टी(२० आई करिअरको चौथो शतक हो । ग्लेन म्याक्सवेलले टी२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् ।

उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन् । म्याक्सवेलको चारमध्ये तीन शतक भारतविरुद्ध छ ।

अस्ट्रेलिया ओपनर ट्रविस हेड १८ बलमा ८ चौकासहित ३५ रनमा आउट भए । आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट भए ।

त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

clock बुधबार १३, मङि्सर २०८० ०६:१६

प्रतिक्रिया