उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा पुन : बोगटी

  आइतबार ०५, चैत २०७९ १२:११

धनगढी । नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुनः शङ्कर बोगटीसहित सबै पदमा सर्वसम्मत निर्विरोध चयन भएका छन्।

महासङ्घको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बोगटी लगायत सम्पूर्ण पदमा सर्वसम्मत पुरानै टिम निर्विरोध चयन भएका हुन्। अध्यक्ष बोगटीको महासङ्घमा यो तेस्रो कार्यकालका रहेको छ।

महासङ्घको प्रदेश अध्यक्षमा शङ्कर बोगटी, उपाध्यक्षमा मदन राज पन्त, उपाध्यक्षमा कञ्चनपुरका अनिल कुमार भुजानिया, कोषाध्यक्षमा कैलालीबाट लालमनी पन्त सर्वसम्मत शनिवार चयन भएका छन्।

यस्तै सदस्यहरूमा वासुदेव गौतम (डोटी), कृष्ण बहादुर तामाङ (पुनर्वास), सन्तोष खड्का,(टीकापुर), कृष्ण कुँवर (अछाम), लोकराज भट्ट (नाटा सुदूरपश्चिम), शङ्कर बहादुर खड्का धनगढीबाट सर्वसम्मत चयन भएका हुन्।

clock आइतबार ०५, चैत २०७९ १२:११

प्रतिक्रिया