एनएसएलमा धनगढीको रोमाञ्चक जित

  आइतबार १०, मङि्सर २०८० १९:४७

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाइटेडलाई हराएको छ । आज आइतवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले वीरगञ्जलाई २–१ गोलले हरायो । 

धनगढीका लागि फोडे फोफाना र अहमद हिजादीले गोल गरे भने वीरगञ्जका हान्स क्वोफीले एक गोल फर्काए । १–१ गोलको बराबरीमा रहेको खेलको ९० मिनेटमा गोल गरेपछि धनगढी विजयी भयो । धनगढी गएको संस्करणको उपविजेता हो ।

गएको शुक्रवारदेखि शुरु भएको एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् । एनएसएलको दोस्रो संस्करणमा नौ वटा टोली सहभागी छन् ।

clock आइतबार १०, मङि्सर २०८० १९:४७

प्रतिक्रिया