एनएसएलमा साविक उपविजेता धनगढीले नयाँ टिम वीरगञ्ज युनाइटेडसँग खेल्दै

  आइतबार १०, मङि्सर २०८० ०८:१०

काठमाडौं । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक खेल हुँदैछ । साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । धनगढीको मार्की प्लेअरमा युवा खेलाडी आशिष चौधरी छन् । नयाँ टिम वीरगंजको मार्कीमा गोलकिपर दिप कार्की छन् ।

यसअघि सन् २०७८ मा भएको पहिलो सिजनमा धनगढी उपविजेता बनेको थियो । फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर उपाधि जितेको थियो ।

धनगढीमा राष्ट्रिय टिमबाट खेलिसकेका देवेन्द्र तामाङ, कमल श्रेष्ठ छन् भने हाल राष्ट्रिय टिममा रहेका आशिषसहित कृतिश रत्न छुन्चु पनि छन् ।

यस्तै घरेलु फुटबलमा चर्चित नाइजेरियन ओलावाले आफिजले पनि धनगढीमै छन् । यस बेहक युरोपियन लिगहरुमा खेलेका सेनेगलका फालोउ डियाग्ने, घानाका रिचर्ड ओसेई अग्यमाङग र इंग्ल्याण्ड र ट्रे विलियम्स अनी लेवनानी गोलकिपर मोहम्मद ताहा विदेशी खेलाडीको रुपमा छन् ।

उता विरगंज टिममा राष्ट्रिय टिमबाट खेलिसकेका हाल अष्ट्रेलिया गएका तेज तामाङ आइकोनिक प्लेअरको रुपमा फर्केका छन् । यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका सुभास गुरुङ पनि छन् ।

वीरगंजका घानाका चार खेलाडी छन् । जसमध्ये विलियम ओपोकुले यसअघि नेपालमा घरेलु फुटबल खेलिसकेका छन् । यसबाहेक आइकिन्स काए बाफोर, ओबेड आवुसु र हान्स क्वाफी तथा कंगोका गुस्ताभो डीजेड छन् ।

clock आइतबार १०, मङि्सर २०८० ०८:१०

प्रतिक्रिया