केपी वली कप खेल्ने सुदूरपश्चिमका क्रिकेट खेलाडीलाई मायामेट्रोकाे जाकेट प्रायाेजन

  शनिबार ०९, मङि्सर २०८० १६:४३

धनगढी । पोखरामा जारी केपी वली टि-२० क्रिकेट कप प्रतियोगिता २०८० का लागि सुदूरपश्चिमकाका खेलाडीहरुलाई मायामेट्राेले प्रायाेजन गरेकाे छ ।

केपि ओलि कप खेल्न जाने खेलाडीकाे मनाेवल उच्चराख्न मायामेट्राे अस्पतालले जाकेट प्रायोजन गरेकाे हाे ।

खेलाडीहरुलाई मायामेट्रो अस्पतालका अध्यक्ष तथा क्यानका केन्द्रीय सदस्य धिरेन्द्र साउदले जाकेट हस्तान्तरण गरेका हुन् ।

उनले खेलाडीहरुलाई बिदाई गर्दै प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरी जितको कामना समेत गरेका छन ।

सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीको अध्यक्षतामा सुरु भएकाे समारोहमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र साउद प्रमुख अथिति रहेका थिएभने विशिष्ट अतिथिमा परशुराम नगरपालिकाका मेयर भरत जोशी रहेका थिए ।

clock शनिबार ०९, मङि्सर २०८० १६:४३

प्रतिक्रिया