वनभोज गएको बस दुर्घटना, तीनको मृत्यु, ३६ घाइते

  शनिबार ०९, मङि्सर २०८० १५:३२

उदयपुर । वनभोज गएका सर्वसाधारण चढेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

उदयपुरको त्रियुगा नगरपालिका(५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू चढेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले बताए।

दुर्घटनामा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको हो। बसका चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

त्यस्तै, दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि जिल्ला बाहिर बठाइएको छ। अन्य घाइते ३३ जनाको उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

त्रियुगा नगरपालिका र उदयपुरगढीको सीमा क्षेत्रमा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक चौधरीले बताए।

clock शनिबार ०९, मङि्सर २०८० १५:३२

प्रतिक्रिया