अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत

  शुक्रबार ०८, मङि्सर २०८० ०६:३८

काठमाडौं । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ ।

भारतको डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा गएराति २०९ रनको लक्ष्य पछ्याएको भारतले एक बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । 

२०९ रनको विशाल लक्ष्य पछ्याएको भारतले १९।५ ओभरमा ८ विकेट गुमाएर रोमाञ्चक जीत हात पारेको हो ।

भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए । इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए। 

अस्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २०८ रन बनाएको थियो। 

अस्ट्रेलियाविरुद्ध ५ टी–२० सिरिज दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र  पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ।

clock शुक्रबार ०८, मङि्सर २०८० ०६:३८

प्रतिक्रिया