धनगढीमा लागुऔषधसहित चार युवा पक्राउ

  सोमबार २७, चैत २०७९ ०९:२५

धनगढी । कैलालीको धनगढीमा लागुऔषधसहित चार जना युवा पक्राउ परेका छन्। धनगढीका विभिन्न स्थानबाट लागुऔषधसहित चार जना युवा पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट २ सय मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धनगढी–२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्। २ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले धनगढी–७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ का २० वर्षीय असिम सागर चौधरीलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ। धनगढीका विभिन्न स्थानबाट पछिल्लो समय लागुऔषध ओसापसार, विक्रीवितरण सेवनमा संकग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। 

clock सोमबार २७, चैत २०७९ ०९:२५

प्रतिक्रिया