कैलालीमा जिप दुर्घटना अपडेट: गम्भीर घाइते भएका ठकुन्नाको मृत्यु

  सोमबार २७, चैत २०७९ ०९:१२

धनगढी । कैलालीमा आइतबार सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका एक जनाको ज्यान गएको छ। जिल्लाको चुरे गाउँपालिकाको ६  भीमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा जिप दुर्घटना हुँदा ४ जना घाइते थिए । 

गम्भीर घाइते चुरे गाउँपालिका ६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले धनगढी खबरलाई बताए । उनको गए राती नै उपचारका क्रममा निधन भएको हो ।

मेलकट्टेश्वर मावि चुरे ६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसइई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर  निधन भएको हो ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन्। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था अहिले सामान्य रहेको डिएसपी चन्दले बताए ।

घाइतेहरू पनि एसइई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् । जिपको स्टेरिङ कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडी दुर्घटना भएको खुलेको छ। गाडी चालक नरसिँङ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

clock सोमबार २७, चैत २०७९ ०९:१२

प्रतिक्रिया