धनगढीको सौन्दर्य बढाउन वाल पेन्टिङ गर्दै उपमहानगर

  मङ्गलबार ०५, मङि्सर २०८० १९:५५

धनगढी । धनगढी सहरको सौन्दर्य बढाउन काम गरिरहेको छ। हरियाली धनगढी अभियान अगाडि सारेर सघन वृक्षारोपण गरिएको धनगढी उपमहानगरपालिकाले वाल पेन्टिङ समेत गर्न थालिएको हो।

उपमहानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा वृक्षारोपण गरेको छ। धनगढीमा सडकका भित्तामा सुदूरपश्चिमको कला, संस्कृति, भेषभूषा र पर्यटकीय गन्तव्यहरूका चित्र उतार्न थालेको छ।

धनगढी रङ्गशालाको पर्खालमा उपमहानगरले भित्तिचित्र बनाउ लागेको हो। सुदूरपश्चिमको पर्यटकीय गन्तव्य, भेषभूषा, कला र संस्कृतिको प्रचारप्रसार गर्न पेन्टिङ गर्न थालेको नगर प्रमुख गोपाल हमालले बताए।

‘हामीले धनगढीलाई सुन्दर पनि बनाउनुपर्छ भन्ने उद्देश्यले एउटा हामीले वृक्षारोपण ग¥यौँ। अब वाल पेन्टिङ गरेर सुदूरपश्चिमलाई चिनाउने छौँ,’ उनले भने, ‘सुदूरपश्चिमको कला, संस्कृति, भेषभूषा र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको जानकारी गराउन पेन्टिङ गर्दैछौँ।’

नगर प्रमुख हमालले पेन्टिङ गरिएको भित्तामा पोस्टर नटास्न, गुट्का खाएर नथुक्न आग्रह गरेका छन्। पेन्टिङबाट सुदूरपश्चिमको बारेमा जानकारी लिन आगन्तुकहरूलाई सहज हुने तर्क उनको छ।

clock मङ्गलबार ०५, मङि्सर २०८० १९:५५

प्रतिक्रिया