कृषक कार्ड नबनाएका दुई जनाको तरकारीलाई लियो नगर प्रहरीले नियन्त्रणमा

  मङ्गलबार ०५, मङि्सर २०८० १०:२१

धनगढी । कृषक कार्ड नबनाएका दुई जनालाई धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–१ स्थित त्रिनगर कृषि हाट बजार आज बिहान कार्ड नभएका साहिल खान र सारुख खानलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो।

गेटमा चेक गर्दा कृषक कार्ड नभएको र हाटबजार भित्र जवरजस्ती गएको नगर प्रहरीले बताएको छ। भित्र नगर प्रहरीले कार्ड माग्दा गालीगलौज गरि आफ्नो तरकारी आफै फाली नगर प्रहरी संग झगडा गर्न आएकाले नियन्त्रणमा लिएको बताइएको छ।

त्रिनगर कृषि हाटबजार बिगतको समयमा थोक विक्रेताको मनोमानी ढंगबाट संचालन भईरहेको थियो। बास्तविक किसानहरुले आफुले उत्पादन गरेका उपजहरु बिक्रि बितरण गर्न नपाएकाले हाल बिचौलियालाई नबेचि स्वच्छ र उचित मूल्यमा उपभोक्तालाई विक्रि गर्न पाउन भनि उपमहानगरपालिकाले किसानहरूलाई कृषक कार्ड बनाउन भनेको थियो।  

clock मङ्गलबार ०५, मङि्सर २०८० १०:२१

प्रतिक्रिया