हेली एभरेस्टको हेलिकप्टर दुर्घटना, पाइलटको उद्धार

  आइतबार २६, चैत २०७९ १३:३७     विश्वास खबर

काठमाडौं  । हेली एभरेस्टको हेलिकप्टर धौलागिरी बेसक्याम्पनजिकै दुर्घटनामा परेको छ । बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकप्टर आइतवार बिहान करीब ११ बजे दुर्घटनामा परेको हो ।

हेली एभरेस्टका एक प्रतिनिधिले दुर्घटनाको जानकारी प्राप्त भएको र आफूहरूले बुझ्ने कोशिश गरिरहेको बताए । ‘हामीले पनि बुझ्दैछौं, केहीबेरमा सबै थाहा होला,’ ती प्रतिनिधिले लोकान्तरसँग भने । ​

सामान लिएर बेसक्याम्प गएको हेलिकप्टर सामान झारेर फर्किने क्रममा दुर्घटनामा परेको हो । सुरक्षा स्रोतका अनुसार दुर्घटनाको समयमा हेलिकप्टरमा पाइलट प्रिया अधिकारी मात्र थिइन् ।

उनलाई एयर डाइनेस्टीको हेलिकप्टरमा उद्धार गरी पोखरा ल्याइएको छ ।

clock आइतबार २६, चैत २०७९ १३:३७     विश्वास खबर

प्रतिक्रिया