दार्चुलामा नगदसहित ७ जुवाडे पक्राउ

  बुधबार २९, कार्तिक २०८० ०८:१६

दार्चुला । दार्चुलामा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्। महाकाली नगरपालिका वडा नम्बर–५ गल्फै स्थित ३२ वर्षीय केशबदत्त भट्टको घरबाट ७ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर–५ का ३२ वर्षीय भट्ट, सोही वडाका रतनसिंह खाती, कमलसिंह ठगुन्ना, खिमानन्द भट्ट र अम्बादत्त भट्ट, जीवन भट्ट तथा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा–९ का जनकराज जोशी रहेको सिंहले बताए। उनीहरुको साथबाट ४३ हजार ३ सय रुपैयाँ नगदसहित तास बरामद गरिएको छ।

clock बुधबार २९, कार्तिक २०८० ०८:१६

प्रतिक्रिया