भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा : कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली

  बुधबार २९, कार्तिक २०८० ०७:४२

काठमाण्डौ । भाइटीकाको दिन आज देशका धेरै ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित तराईरमधेश र पहाडी धेरैजसो क्षेत्रमा आज मौसम पूर्ण रुपमा सफा नै छ ।

कोशी प्रदेशका पहाडी केही क्षेत्रमा आंशिक बदली रहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । आज भाइटीकालाई प्रभाव पार्ने गरी ठूलो पानी पर्ने, हिमपात हुने सम्भावना नरहेको उहाँको भनाइ छ ।

आज उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायुको आशिंक प्रभाव रहे पनि वर्षा गराउने प्रणाली तत्काल विकास हुने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् ।

clock बुधबार २९, कार्तिक २०८० ०७:४२

प्रतिक्रिया