कञ्चनपुरमा २ लाख ५८ हजारसहित २८ जना जुवा खालबाट पक्राउ

  बुधबार २९, कार्तिक २०८० ०७:३४

धनगढी । कञ्चनपुरमा २ लाख ५८ हजारसहित २८ जना जुवा खालबाट पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १७ बासखेडाका भीमबहादुर ठगुन्नाको घरबाट उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरीका कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार सोमवार राति उनीहरूलाई २ लाख ५८ हजार ६ सय ९४ रुपैँयासहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का इन्द्र पाठक, वडा नम्बर १०का रमेश टमटा, सोही वडाका अमृत कठायत, वडा नम्बर ९ का गणेश महता, वडा नम्बर १० का कोलाल सिँह ठकुराठी, वडा नम्बर १६ का भुवन ठगुन्ना, वडा नम्बर १७ का रोहित पाल, वडा नम्बर ९ का भवनि सिँह बुढा पक्राउ परेका छन्।

यस्तै, वडा नम्बर १० का पदमबहादुर बोहरा, वडा नम्बर ११ का भक्त धामी, सोही वडाका आशिष खड्का, किशन पाल र रामदत्त भट्ट पक्राउ परेका छन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १७ का रामबहादुर ठकुराठी, सोही वडाका किशा ठगुन्ना, भीमबहादुर ठगुन्ना, राकेश ठगुन्ना, धनश्याम ठगुन्ना तथा वडा नम्बर ११ का रोशन विष्ट रहेका छन । 

यस्तै वडा नम्बर ५ का प्रकाश लावड, वडा नम्बर १७ का सुरेन्द्र ठगुन्ना र खगेन्द्र बडवाल, वडा नम्बर ११ का रामदत्त भट्ट, सोही वडाका देवेन्द्र विष्ट र दीपक बाग, वडा नम्बर १३ का नरपति महता, दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ का करन बोहरा र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ५ का चक्र पाल रहेका छन्।

clock बुधबार २९, कार्तिक २०८० ०७:३४

प्रतिक्रिया