जन्मदिनको अवसरमा देउडा प्रतिष्ठान लाई कृष्णा सिराडिले गरिन आर्थिक सहयोग

  बुधबार २९, कार्तिक २०८० ०७:१४

धनगढी । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन सुदूरपश्चिम प्रदेशकी कोषाध्यक्ष कृष्णा सिराडिले देउडा प्रतिष्ठान अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग गरेकि छन ।

देउडा प्रतिष्ठानकी केन्द्रीय सदस्य तथा डेउडा गायिका सिराडिले जन्मदिनको अवसरमा देउडा प्रतिष्ठान अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेकि हुन ।

उनी प्रत्येक बर्षको जन्मदिनमा विभिन्न सामाजिक कार्य गर्दै मनाउदै आएकी छन । उनले यसअघिका जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम र अस्पतालमा भर्ना भएका बिरामीहरु लाई सहयोग गर्दै आएकी थिइन ।

दुखी, गरिब, अपांग, साहारा बिहिन हरुलाइ केही राहत होस भनी देउडा प्रतिष्ठानले अक्षय कोष स्थापनाको लागि देउसिभैलो खेलिरहेको बेला प्रतिष्ठानकी सदस्य सिराडिले केही आर्थिक सहयोग गरेकी छिन् ।

त्यसैगरी उनले आज बिहान जन्मदिनको अवसरमा रेडक्रसले सन्चालन गरेको रक्तसन्चालन केन्द्रमा रक्तदान पनि गरेकी छिन् । जन्मदीनमा रमाइलोका नाममा हुने फजुल खर्च गर्नु भन्दा सेवा नै धर्म हो भन्दै असहायहरु को सेवा गर्न पाउँदा खुशी लागेको उनले बताए।

No description available.

clock बुधबार २९, कार्तिक २०८० ०७:१४

प्रतिक्रिया