बैतडीमा भिरबाट लडेर नरेन्द्रबहादुरको मृत्यु

  मङ्गलबार २८, कार्तिक २०८० १०:५२

बैतडी । बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन्। ऐरको शव मंगलबार बिहान फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock मङ्गलबार २८, कार्तिक २०८० १०:५२

प्रतिक्रिया