नेवार समुदायमा आज म्हः पूजा, भक्तपुरमा भने हिजै मनाइयो

  मङ्गलबार २८, कार्तिक २०८० ०८:३५

काठमाण्डौ । आज नेवार समुदायमा  म्हः अर्थात् (आत्म) पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।

भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको मितिभन्दा एक दिन अगाडि म्हस् पूजा मनाएका छन् । यस्तै, आज भाइटीका मनाउँदै छन् । यस्तै, ललितपुरका केही नेवार समुदायले पनि आजै भाइटीका गर्दैछन् । 

भक्तपुर नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर २७ गते हिजो म्हः पूजा र २८ गते आज भाइटीका मनाउन आह्वान गरेको थियो ।

यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ एवम् ज्योतिष केदारप्रसाद दैवज्ञ, तलेजुका पुजारी प्रजेश राज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्यसहितको छलफलपछि यस्तो निर्णय गर्दै आफ्ना नागरिकका लागि सार्वजनिक सूचना निकालेको मेयर प्रजापतिले बताउनुभयो । 

clock मङ्गलबार २८, कार्तिक २०८० ०८:३५

प्रतिक्रिया