कञ्चनपुरमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

  मङ्गलबार २८, कार्तिक २०८० ०८:२०

कञ्चनपुर । कञ्चनपुरमा जीपको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–३ मा जीपले ठक्कर दिँदा पैदलयात्री ६३ वर्षीय मानबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आइतबार साँझ पौने आठ बजे धनगढी–कञ्चनपुर सडक खण्डको कान्छि बजार नजिकै पैदल हिँडिरहेका तामाङलाई म १ च ४१५ नम्बरको जीपले ठक्कर दिँदा सोही ठाउँका तामाङको घटनास्थलमै मृत्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डांगीले बताए।

ठक्कर दिने जिप र चालक इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको डिएसपी डांगीले जनाकारी दिए।

clock मङ्गलबार २८, कार्तिक २०८० ०८:२०

प्रतिक्रिया