भाइटीकाको साइत बुधबार १०:५१ बजे

  सोमबार २७, कार्तिक २०८० ०८:५५

धनगढी । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ । 

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार (आज) गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजारम्ह पूजा मनाइँदै छ ।

clock सोमबार २७, कार्तिक २०८० ०८:५५

प्रतिक्रिया