लक्ष्मीपूजाको शुभ साइत कति बजे ?

  आइतबार २६, कार्तिक २०८० ०९:११

धनगढी । हरेक वर्ष कात्तिक कृष्ण औँशीमा गरिने लक्ष्मी पूजा यो वर्षअघि एक दिनअघि अर्थात आज आइतवार राति गरिँदैछ । आजको दिन कुकुर तिहार, नरक चतुर्दशीसहित सुखरात्रीसमेत मनाईंदै छ ।
आजको दिन माता लक्ष्मी तथा भगवान गणेशको पूजा गर्दा हरेक व्यक्तिको भाग्य जाग्ने धार्मिक मान्यता छ ।

दीपावलीको दिन राति अर्थात आजको रातलाई महानिशाको रातसमेत भनिन्छ । भनिन्छ, आजको रात्रि महालक्ष्मी पृथ्वीको भ्रमण गर्छिन् । लक्ष्मी पूजाको दिन जसले लक्ष्मी मातासंग धन–सम्पन्नताको वरदान पाउन चाहन्छ, उनको प्रार्थना अवश्य स्वीकृत हुन्छ ।

माता लक्ष्मी धन तथा सम्पत्तिकी देवी हुन् । ज्योतिष शास्त्रमा माता लक्ष्मीको सम्बन्ध शुक्र ग्रहसंग भएको बताइन्छ । माता लक्ष्मीको उपासनाले धन प्राप्ति हुन्छ । माता लक्ष्मीको पूजाले केवल धन मात्र पाईँदैन, नाम तथा यशसमेत पाइन्छ ।

दाम्पत्य जीवनसमेत उत्कृष्ट बन्छ । धनको समस्या जति नै ठूलो भए पनि लक्ष्मी माताको विधिवत उपासनाले हरेक आर्थिक संकट हटेर जान्छ । यो वर्ष कात्र्तिक कृष्ण औँशी आज दिउँसो ३ बजेदेखि प्रारम्भ भएर भोलि कात्तिक २७ गते दिउँसो ३ः१२ बजेसम्म रहने छ ।

लक्ष्मी पूजाको शुभ मुहूर्त

आज लक्ष्मी पूजाका लागि दुई वटा शुभ मुहुर्तहरु छन् । पहिलो शुभ मुहुर्त प्रदोष कालमा छ । प्रदोष काल आज साँझ ५ः४३ बजेदेखि प्रारम्भ भएर राति ८ः२२ बजेसम्म रहने छ, जसमा वृषभ काल ९स्थिर लग्न० साँझ ५ः५४ बजेदेखि राति ७ः४८ बजेसम्म रहने छ । यो अवधिमा लक्ष्मी पूजा गर्नु सबैभन्दा उत्तम हुनेछ । अर्थात लक्ष्मी पूजा गर्नका लागि आज राति १ घण्टा ५४ मिनेटको समय पाइने छ । लक्ष्मी पूजाको दोस्रो शुभ मुहुर्त निशीथ कालमा पाइने छ । निशीथ काल आज राति ११ः५३ देखि राति १२ः४७ बजेसम्म रहने छ ।

लक्ष्मी पूजाको दिन गणेशको पूजा गर्नाले हरेक प्रकारका वाधाहरु हट्नेछन् । भगवान गणेको पूजाबाट धन लाभको प्रयोगसमेत गरिन्छ । गणेश जीको पूजाले सन्तानको आयुको रक्षा हुन्छ भने बुद्धि प्रवल हुन्छ । श्री गणेशको पूजाले सन्तानको शिक्षामा उन्नत्ति–प्रगति हुन्छ ।

लक्ष्मी पूजाको नियम
माता लक्ष्मीको पूजा सेतो अथवा गुलावी वस्त्र पहिरिएर गर्नु पर्छ । माता लक्ष्मीको उक्त प्रतिमा अथवा मूर्तिमा पूजा गर्नु पर्छ, जसमा उनी गुलावी कमलको पुष्पमा बसेकी हुन्छिन् । साथै उनको हातबाट धन बर्षिरहेको होस् । माता लक्ष्मीलाई गुलावी पुष्प विशेषगरी कमल चढाउने सर्वोत्तम मानिन्छ ।

कसरी गर्ने पूजा ?

लक्ष्मी पूजाको दिन पूर्व दिशा अथवा ईशान कोणमा चौकी राख्नु पर्छ । चौकीमा रातो अथवा गुलावी कपडा ओछ्याउनु पर्छ । पहिला गणेश जीको मूर्ति राख्नु पर्छ । त्यसपछि उनको दाहिनेतर्फ लक्ष्मी मातालाई राख्नु पर्छ । आसनमा बसेर आफ्नो चारैतिर जल छर्किनु पर्छ । त्यसपछि संकल्प लिएर पूजा प्रारम्भ गर्नु पर्छ । एक मुखी घीउको दीयो बाल्नु पर्छ । त्यसपछि माता लक्ष्मी तथा भगवान गणेशलाई फूल तथा मिठाईहरु अर्पित गर्नु पर्छ ।

त्यसपछि सबैभन्दा पहिला गणेश तथा माता लक्ष्मीलाई मन्त्रहरुले जप गर्नु पर्छ । अन्त्यमा आरती गर्नु पर्छ र शंख ध्वनि बजाउनु पर्छ । घरमा दीयो बाल्नुभन्दा अघि थालमा पाँच वटा दीयो राखेर फूल आदि अर्पित गर्नु पर्छ । त्यसपछि घरको विभिन्न भागमा दीयो राख्न थाल्नु पर्छ । घरबाहेक इनार तथा मन्दिरमा समेत दीयो बाल्नु पर्छ । लक्ष्मीपूजा गर्दा सेतो, गुलावी, रातो, पहेँलो अथवा चम्किलो रंगका पहिरन लगाउनु पर्छ, कालो, खैरो तथा नीलो रंगको लुगा लगाउनु हुँदैन ।

clock आइतबार २६, कार्तिक २०८० ०९:११

प्रतिक्रिया