सडकको रेलिङ भाँच्ने बसलाई धनगढी उपमहानगरपालिकाले तिरायो ५५ हजार जरिवाना

  शनिबार २५, कार्तिक २०८० २१:०९

धनगढी । धनगढी–अत्तरिया ६ लेन सडकको रेलिङ भाँच्ने बसलाई जरिवाना गरिएको छ। ट्राफिक प्रहरीसँगको सहकार्यमा धनगढी उपमहानगरपालिकाले ना ७ ख ५८७४ नम्बरको बसलाई जरिबाना गरेको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार गत जेठ ११ गते बसले धनगढीको चौराह नजिक सडकको रेलिङ भाचेको थियो।

जिल्ला प्रहरी कार्यालय, कैलालीको नियन्त्रणमा रहेको गाडी रेलिङ मर्मत गर्न सर्तमा छोडिएको थियो। तर, पाँच महिनासम्म भाँचिएको रेलिङ मर्मत नभएपछि ट्राफिक प्रहरीको सहयोगमा जरिवना तिराइएको हो।

धनगढी बसपार्कबाट सोमवार ट्राफिक प्रहरीको सहकार्यमा नगर प्रहरीले बस फेरि नियन्त्रणमा लिएका थिए। बस धनीले रेलिङ मर्मतका लागि ५५ हजार धरौटी बुझाएपछि बस छोडिएको छ। १५ दिन भित्रमा बस धनीले रेलिङ मर्मत नगरेमा उपमहानगरपालिकाले ५५ हजार रुपैयाँबाट रेलिङ मर्मत गर्ने भएको छ।

clock शनिबार २५, कार्तिक २०८० २१:०९

प्रतिक्रिया