जाजरकोटमा चिसोले दुई जना भूकम्पपीडितको मृत्यु

  शनिबार २५, कार्तिक २०८० १४:३०

जाजरकोट । जाजरकोटममा चिसोका कारण २ जना भूकम्पपीडितको मृत्यु भएको छ।

जाजरकोटको नलगाड नगरपालिका-४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावलको चिसोका कारण मृत्यु भएको हो।

वडाध्यक्ष बद्री पन्तका अनुसार उनीहरू दीर्घरोगी हुन्। ७७ वर्षीय रावल भूकम्प जानुभन्दा एकसाता अघि नगर अस्पताल दल्लीमा उपचार गरी घर फर्किएका थिए। उनी दमका बिरामी थिए।

भूकम्प गएपछि बारीको पाटामा त्रिपालमुनि बस्नुपरेपछि उनको स्वास्थ्य बिग्रँदै गएको र बिहीबार साँझ मृत्यु भएको वडाध्यक्ष पन्तले जानकारी दिए।

भूकम्पपछि उनको घरमा बस्नै नहुने गरी क्षति पुगेपछि बारीको पाटामा त्रिपालमुनि बसिरहेका थिए।

clock शनिबार २५, कार्तिक २०८० १४:३०

प्रतिक्रिया