कैलालीको गोदावरीबाट लागुऔषधसहित नबिन चौधरी पक्राउ

  शनिबार २५, कार्तिक २०८० १०:३३

धनगढी । कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–५ गेटीका २८ वर्षीय नबिन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्।

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती र गेटा चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीको घरबाट लागूऔषध बरामद गरी पक्राउ गरेको जनाइएको छ।

चौधरीको घरमा खानतलासी गर्दा ४ ग्राम २७० मिलिग्राम लागुऔषध र डिजिटल तराजु बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

clock शनिबार २५, कार्तिक २०८० १०:३३

प्रतिक्रिया