कैलालीको मोहन्यालमा जिप पल्टियो, पाँच घाइते

  शनिबार २५, कार्तिक २०८० ०९:५३

धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।

जिल्लाको मोहन्याल गाउँपालिका–४ को बजेडीमा डोकेबजारबाट खिमडीतर्फ गइरहेको भे १ ज ३७६३  नम्बरको जिप शुक्रबार साँझ दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते हुनेमा डोटीको बडिकेदार गाउँपालिका–३ बस्ने ३९ वर्षीया सरिता बुढा, ३३ वर्षीय वर्षीया धनसरा मास्के, निष रोक्का, मोहन्याल गाउँपालिका–४ बस्ने ५ र ३९ वर्षीया कमला पुनमगर रहेका छन्। उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।

जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

clock शनिबार २५, कार्तिक २०८० ०९:५३

प्रतिक्रिया