गृहणीको रोजाइमा पर्न सफल गोदरेज ब्राण्डका किचन सेटअप अब धनगढीमा

  शुक्रबार २४, कार्तिक २०८० १३:१०

धनगढी । पछिल्लो समय गृहणीको रोजाइमा पर्न सफल रहेको मल्टिनेशनल कम्पनी गोदरेज ब्राण्डका किचन सेटअप लगायतका सामाग्रीहरुको आजदेखी धनगढीमा बिक्रीवितरण शुरु भएको छ । 

सुदुरपश्चिम मै पहिलोपटक गोदरेज कम्पनीको किचन सेटअप रहेको दाबी बालक सुपर टेक इण्डस्ट्रीज प्रालीका संचालक जनकराज अवस्थिले गरेका छन । उनले करिब एक करोडको लगानीमा मीन जोशीसंगको सहकार्यमा आजदेखी बिक्रीवितरण शुरु गरिएको बताए ।

No description available.

ग्राहकको चाहना अनुसार गोदरेज कम्पनीका किचनको सेटअप घरमै गर्ने ब्यबस्था समेत रहेको संचालक अवस्थिले बताए । 

धनगढी उपमहानगरपालिका ३ पुरवार पेट्रोल पम्प नजिकै रहेको प्रालिमा आकर्षक फर्निचरहरू पलंग, दराज, सोफासेट, डाइनिङ्ग टेबल, स्टडी टेबल, अफिस टेबल, कुर्सी लगायत फर्निचरका साथै होम इन्टिरियरका सम्पुर्ण सामाग्रीहरु सुपथ मुल्यमा उपलब्ध रहेको संचालक अवस्थिले बताए ।

No description available.

clock शुक्रबार २४, कार्तिक २०८० १३:१०

प्रतिक्रिया