टी–२० विश्वकप छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै

  आइतबार १९, कार्तिक २०८० ०६:२२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज (आइतबार) ओमानसँग खेल्दैछ। 

खेल आइतबार बिहान ११ बजे, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान पक्का गरेका छन्।

नेपालले  संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो। 

नेपालले समूह चरणमा ओमानसँग ५ रनले पराजित भएको थियो। सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ। 

ओमान पनि नेपाललाई घरेलु मैदानमा पुनस् स्तब्ध पार्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ। 

clock आइतबार १९, कार्तिक २०८० ०६:२२

प्रतिक्रिया