कैलालीको चुरेमा सडक किनारमा बस ठोक्किदा आमाछोरी घाइते

  शनिबार २५, चैत २०७९ १०:५४

धनगढी । कैलालीको चुरेमा सडक किनारमा बस ठोक्किदा आमाछोरी घाइते भएका छन्। गएराति ३ बजेतिर बझाङबाट महेन्द्रनगरतर्फ गइरहेको सुदूरश्चिम प्रदेश २००१ ख १२४६ नम्बरको बस चुरे गाउँपालिका–३ को टेडी बजारमा सडक किनारमा रहेको पसलमा ठोक्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले टिन छाएको स्थानीय नवलकिशोर शाहको खुद्रा पसलमा बस ठोक्किदा दुई जना घाइते भएको जानकारी दिए।

उनकाअनुसार घाइते हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–६ बस्नी २३ वर्षीया प्रिया धामी र उनकी ४ वर्षीया छोरी मेनुका धामी घाइते भएका छन्। उनीहरुको पद्मा अस्पतालमा उपचार भइरहेको छ।

बसमा सवार अन्य यात्रु भने सकुशल रहेका छन्। पसलमा भने पूर्ण रुपले क्षति भएको छ। बस चालक कञ्चनपुरको वेदकोट नगरपालिकाका ३२ वर्षीय नरेन्द्र बोहरा फरार रहेका छन्। बस अनियन्त्रित भएर घरमा ठोक्किएको प्रहरीले जनाएको छ।

clock शनिबार २५, चैत २०७९ १०:५४

प्रतिक्रिया