डडेल्धुराका तीन स्थानीय तहद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा

  शनिबार १८, कार्तिक २०८० १४:३५

डडेल्धुरा । डडेल्धुराका स्थानीय तहहरुले भूकम्प पीडितको सहायताका लागि धमाधम आर्थिक सहयोगको घोषणा गरिरहेका छन्।

अहिलेसम्म डडेल्धुराका तीन स्थानीय तह परशुराम नगरपालिका नगरप्रमुख भरत जोशीले भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्।

उनले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन्।

यस्तै गन्यापधुरा गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख दिने घोषणा गरेको छ। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार पीडितको उद्धार तथा राहतको लागि सहयोग स्वरुप गाउँपालिकाको तर्फबाट दुई लाख दिने घोषणा गरिएको हो।

नवदुर्गा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले सहयोग गर्ने घोषणा गरेका हुन्।

अवस्थीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगस्वरुप नवदुर्गा गाउँपालिकाको तर्फबाट एक लाख ५० हजार सहयोग गर्ने जानकारी दिएका छन्।

एक करोड आर्थिक सहयोगसहित मेडिकल टिम पठाउने सुदूरपश्चिम सरकारले निर्णय गरेको छ।

clock शनिबार १८, कार्तिक २०८० १४:३५

प्रतिक्रिया