जाजरकोट भूकम्प : चार ठूलासहित १०९ धक्का

  शनिबार १८, कार्तिक २०८० ११:३०

काठमाडौं । शुक्रबार राति जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ। शुक्रबार राति ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसपछि थप चार वटा शक्तिशाली भूकम्प गएको छ। वरिष्ठ भूकम्पविद डा लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएको मापन गरिएको बताए।

राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर पहिलो भूकम्प गएको थियो। त्यसमा राति ११:४७, १२:०८, १२:२९, १२:३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३  म्याग्निच्यूडका भूकम्प गएका थिए।

clock शनिबार १८, कार्तिक २०८० ११:३०

प्रतिक्रिया