टी–२० विश्वकपमा छनोट हुन अब नेपाल भोलि यूएईसँग भिड्ने

  बिहिबार १६, कार्तिक २०८० १५:२८

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट फाइनलको सेमिफाइनलमा नेपाल यूएईसँग भिड्ने भएको छ।

नेपाल बिहीबार ओमानसँग हारेपछि समूह एको उपविजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को विजेता यूएईसँग भेट हुने भएको हो।

मूलपानी क्रिकेट मैदानमा खेलाइने खेल शुक्रवार हुनेछ। यूएईसँगको खेलमा जितेमा नेपाल विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता हो।

बिहीबार बिहान भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नु अगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। खेल भोलि बिहान ११ बजे सुरु हुनेछ।

clock बिहिबार १६, कार्तिक २०८० १५:२८

प्रतिक्रिया