बाघको आक्रमण बाट टिकापुरका एक युवा घाइते
टिकापुर । कैलाली टिकापुर नगरपालिकामा बाघको आक्रमणबाट एक घाईते भएका छन । पालिकाको वडा नम्बर ८ श्रीलंकाका एक युवा बाघको आक्रमणबाट २७ वर्षका पवन आउजि शुक्रबार बिहान साढे १० बजे आक्रमण गरेको बताइएको छ ।
घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको स्थानीयको भनाइ रहेको छ । घाइते आउजिको दायाँबायाँ हात र बायाँ कानमा चिथोरेको एक स्थानीयले जानकारी दिए ।
बाघले आक्रमण गर्दा होहल्ला भएकोले बाघ जंगल पसेको बताइएको छ । नेपाल भारत सिमा नजिकैको १००र ९८ पिलर नजिक आक्रमण गरेको बताइएको छ ।
बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बलले घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको जानकारी दिएको छ । साथै विओपि श्रिलंकाले वरिपरिको क्षेत्रमा परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह गरेको छ ।
प्रतिक्रिया