टी–२० विश्वकप छनोट : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

  बिहिबार १६, कार्तिक २०८० ०६:३८

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले समूह ‘ए’ को अन्तिम खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल जित्ने टोली समूह ए को विजेता बन्ने भएकाले महत्वका साथ हेरिएको छ ।

जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएके थियो भने ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

clock बिहिबार १६, कार्तिक २०८० ०६:३८

प्रतिक्रिया