नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

  बिहिबार १६, कार्तिक २०८० ०६:०५

काठमाडौं । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियललाई प्रोत्साहनस्वरूप १५ लाख दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्रप्रसादद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियललाई एकमुष्ट १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप पाँच लाख रुपैयाँ प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरूलाई निःशुल्क एवं सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा. शर्माले बताउनुभयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । अर्को वर्ष अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन् । नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९युएई०, हङकङ, बहराइन र कुवेत छन् । नेपालले अब आफ्नो तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ ।

clock बिहिबार १६, कार्तिक २०८० ०६:०५

प्रतिक्रिया