कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी

  मङ्गलबार १४, कार्तिक २०८० १०:५८

धनगढी । कैलारी गाउँपालिकाको-९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी गरेका हुन्।

स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए। 

वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्क विहीन रहेका छन्। गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए। वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनको भनाइ छ।

clock मङ्गलबार १४, कार्तिक २०८० १०:५८

प्रतिक्रिया