एलपिएल ८ औं संस्करणको बलियो पार्टनरमा बलियो नेपाल

  मङ्गलबार १४, कार्तिक २०८० ०९:०३

धनगढी । धनगढीमा हुने एलपिएल ८ औं संस्करणको बलियो  पार्टनरमा बलियो नेपाल न्युट्रीसन  ईनिसियटिभ्स जोडिएको छ।

यहि मङ्सिर ९ गते देखि २३ गते सम्म धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुने आठौं संस्करणको लिटल फ्लावर प्रीमियर लिग सिनियर क्रीकेट प्रतियोगिताको बलियो पार्टनरको रुपमा  बलियो नेपाल न्युट्रीसन ईनिसियटिभ्स  जोडिएको हो ।

प्रतियोगिता आठौं संस्करण धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद दुई लाख पचपन्न हजार पाँच सय पचपन्न तथा उपविजेताले एकलाख अठ्ठाईस हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।  प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद  १५ हजार, उत्कृष्ट बलरले नगद रु ७ हजार पाँच सय उत्कृष्ट ब्याटरले  नगद ७ हजार पाँच सय प्राप्त गर्ने छन ।

खेलको प्लेयर अफ द म्याचले नगद रु  १ हजार पाँच सय र प्रतियोगिताको उदियमान  खेलाडीले  ५ हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । सम्पुर्ण खेलहरु राष्ट्रिय टेलिभिजन न्यूज नेपाल   टेलिभिजन एचडी द्वारा प्रसारण  गरिने आयोजकले जनाएको छ ।

२०७३ मा माघ ५ गते देखि माघ १६ गते सम्म यस प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको थियो। यो प्रतियोगिता प्रत्येक वर्ष संचालन हुने गर्दछ । यस वर्ष १६ वटा टिमले  सहभागिता जनाउने छन्।

clock मङ्गलबार १४, कार्तिक २०८० ०९:०३

प्रतिक्रिया