भारु बलियो बन्दा घट्यो डलरको मूल्य

  शुक्रबार २४, चैत २०७९ ०६:४९

काठमाडौँ । भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो । उक्त घोषणाअघि ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो ।

भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो । भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । फलस्वरूप नेपालमा डलरको मूल्य घटेको हो ।

एभरेस्ट बैङ्कले बिहीबार बिहान कारोबार सुरु हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको बिक्रीदर १५ पैसाले घटाएर १३१ रुपैयाँ ३५ पैसा तोकेको थियो । एभरेस्टले कारोबार सुरु हुँदा डलरको बिक्रीदर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो ।

नेपाल राष्ट्र बैङ्कले भने बिहीबारका लागि डलरको बिक्रीदर १३१ रुपैयाँ ५१ तोकेको थियो । राष्ट्र बैङ्कले शुक्रवारका लागि डलरको विक्री दर १३१ रुपैयाँ ३२ पैसा तोकेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

clock शुक्रबार २४, चैत २०७९ ०६:४९

प्रतिक्रिया