फाइनल खेलमा युएईसँग नेपाल पराजित

  शुक्रबार १०, कार्तिक २०८० १९:०२

काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई) सँग नेपाल पराजित भएको छ । 

कीर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।

समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ । 

नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर फाइनलमा जीत हासिल गरेको हो ।

clock शुक्रबार १०, कार्तिक २०८० १९:०२

प्रतिक्रिया