डडेल्धुराको कोरालमा भलिबल प्रतियोगिता हुने

  शुक्रबार १०, कार्तिक २०८० ०६:५३

धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका ५ कोरालमा भलिबल प्रतियोगिता हुने भएको छ । शुभ दीपावलीको अवसर पारेर दुर्गा भगवती युवा क्लब कोरालको आयोजनामा   खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो । 

क्लबका अध्यक्ष नरेन्द्र भाटका अनुसार कार्तिक २३ गतेबाट सञ्चालन हुने प्रतियोगिताका लागि कार्तिक २२ गते सम्म टिम दर्ता गरी सक्नु पर्ने छ भने टिम दर्ता गर्न ३५०० शुल्क लाग्ने छ ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने टिमले क्रमशः ४५, २५ र १५ हजारका साथै ट्रफी ,मेडल र प्रमाणपत्र पाउने क्लबका खेल संयोजक राजेश मल्लले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडी ,उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाईकर लाई पनि पुरस्कार को व्यबस्था रहेको छ । 

टिम दर्ताका लागि क्लबका अध्यक्ष नरेन्द्र भाट ९८६८७३५३६४ , राजेश मल्ल ९८४८६८०८७८ र गणेश ओली ९८६८५१८४२३ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ  । 

 

clock शुक्रबार १०, कार्तिक २०८० ०६:५३

प्रतिक्रिया