यू-१९ एशिया कपमा नेपालको सामना भारत र पाकिस्तानसँग हुने

  मङ्गलबार ०७, कार्तिक २०८० ०६:४८

काठमाडौँ । आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा नेपालले भारत र पाकिस्तानसँगै खेल्नुपर्ने भएको  छ । यू-१९ एशिया कपमा छनौट भएसँगै नेपाल समुह ए मा भारत र पाकिस्तानसँग खेल्ने भएको हो । 

समुह ए मा भारत र पाकिस्तानसँगै प्रिमियर कपको फाइनलमा पुगेका नेपाल र युएई समुह ए मा परेका छन् । समुह ए मा भारत र पाकिस्तानसहित नेपाल र युएई हुने भएका छन् ।

त्यसैगरी समुह बी मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र जापान रहेका छन् । यू-१९ एशिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा आयोजना हुदै छ । यू-१९ एशिया कपको बिस्तृत खेल तालिका भने अझै सार्बजनिक भएको छैन ।

नेपालले यसअघि सिनियर टिमले पनि एशिया कपमा भारत र पाकिस्तानको सामना गरेकोमा अब जुनियर टिमले पनि सोहि बाटो पछ्याउदै भारत र पाकिस्तानसँग खेल्ने भएको छ ।

clock मङ्गलबार ०७, कार्तिक २०८० ०६:४८

प्रतिक्रिया