यू-१९ प्रिमियर कपः फाइनलमा यूएईविरुद्ध खेल्दै नेपाल

  मङ्गलबार ०७, कार्तिक २०८० ०६:४३

काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ ।

नेपाल र यूएईबीचको फाइनल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट शुरू हुनेछ ।

सेमिफाइनलमा जापानलाई डीएल मेथडअनुसार १४३ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउनुका साथै एसीसी यू-१९ एसिया कपमा समेत स्थान सुरक्षित गरेको थियो ।

यूएईले भने सेमिफाइनलमा सिंगापुरलाई डीएल मेथडअनुसार नै १० विकेटले हराएको थियो । उसले पनि एसिया कपमा स्थान सुरक्षित गरिसकेको छ ।

clock मङ्गलबार ०७, कार्तिक २०८० ०६:४३

प्रतिक्रिया