त्रिकोणात्मक सिरिज : नेपाल र युएई भिड्दै

  सोमबार ०६, कार्तिक २०८० ०७:२५

काठमाडौं । घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा आज (सोमबार)नेपाल र युएई भिड्दैछन्।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। यसअघि सिरिजका तीनै खेलमा अपराजित रहेको नेपाल सोही लयलाई कायम राख्न चाहन्छ।

सिरिजको पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित भएको युएई जितको खोजीम मैदान उत्रनेछ।

सिरिजमा अपराजित नेपाल फाइनलमा पुगिसकेको छ। उता युएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

clock सोमबार ०६, कार्तिक २०८० ०७:२५

प्रतिक्रिया