नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा, एसिया कप खेल्ने पक्का

  शनिबार ०४, कार्तिक २०८० १५:१३

काठमाण्डौ । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायो ।

वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनको लक्ष्य पाएकोमा ११ ओभर ४ बलमा ४९ रन बनाउँदा ४३ रनमै अलआउट भयो ।

जापानका शोतारो हिरासुकाले १५ र किफर यामामोतोले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्ता धामी र दिपेश कँडेलले ३र३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए ।

यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । नेपालका दीपक बोहरा ७९ रन बनाएर आउट भए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाए ।

फाइनलमा पुगेसँगै नेपालले पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्ने पक्का भएको छ । यस्तै अर्को सेमिफाइनल खेलमा सिङ्गापुरलाई हराउँदै फाइनलमा पुगेको यूएईले पनि यू–१९ एसिया कप खेल्ने पक्का भएको छ ।

यू–१९ एसिया कपमा पुग्ने तेस्रो टोलीको टुङ्गो जापान र सिङ्गापुरबीचको खेलको विजेताबाट लाग्नेछ । यो खेलको विजेताले शीर्ष ३ मा पर्दै यू–१९ एसिया कप खेल्न पाउनेछ ।

clock शनिबार ०४, कार्तिक २०८० १५:१३

प्रतिक्रिया