मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन जना चितुवाको छाला र चरेस सहित पक्राउ

  बिहिबार ०२, कार्तिक २०८० ०६:३०

धनगढी । चितुवाको छालासहित धनगढीबाट तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट चितुवाको छालासहित कैलाली प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

चितुवाको छालासहित पक्राउ पर्नेमा मुख्यमन्त्री कार्यालयमा कार्यरत सहायक हवल्दार करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन् ।

प्रहरीले बरामद गरेको चितुवाको छालाको उचाइ ७ फिट छ इन्च रहेको छ भने चौडाइ १ फिट १० इन्च रहेको छ ।उनीहरुको साथबाट ६ किलो सात सय ४० ग्राम चरेस पनि बरामद गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए ।

clock बिहिबार ०२, कार्तिक २०८० ०६:३०

प्रतिक्रिया