बेलौरीमा रुख कटानी प्रकरणः उद्योग वाणिज्य संघका अध्यक्ष र शिक्षक पक्राउ

  बुधबार ०१, कार्तिक २०८० १६:४२

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी बैशाखा भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी गरेपछि वनले फेरी दुई जनालाई पक्राउ गरेको छ । 

सव डिभिजन वन कार्यालय कुण्डाले बैशाखा झाडी सरसफाई रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो । 

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट एव पुर्व शिक्षक एव बेलौरी भन्सार निर्माणका लागि पहलकर्ता केशवराज जोशीलाई पक्राउ गरेको वनले जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले 

झाडी सरसफाइका नाममा रूख काटेको प्रकरणमा हिरासिह विष्ट, केशवराज जोशीलाई पक्राउ गरिएको बताए । उनका अनुसार बुधबारै उनीहरु बिरुद्धमा मुद्दा दायर गरिने छ ।

यस अघि बेलौरी नपा ६का वडायक्ष भोजराज चौधरीलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडिएको थियो । अर्का आरोपी मदन सिह बोहरा भने फरार रहेको वनले जनाएको छ ।

उक्त प्रकणरको सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले जिम्मेबारी पाएका थिए । गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको थियो ।

उनीहरु पाँचै जना बिरुद्धमा बिना ईजाजत रुख बिरुवा काटेको विषयमा मुद्दा दायर भएको छ । बुधबारै थुनछेक बहस हुनेछ ।

clock बुधबार ०१, कार्तिक २०८० १६:४२

प्रतिक्रिया