चम्पावतमा नेपाल र भारतका सशस्त्रबीच बैठक, के-के भयो छलफल ?

  बुधबार ०१, कार्तिक २०८० ०६:४९

धनगढी । नेपाल र भारतेक सीमा सुरक्षा प्रहरीका अधिकारीहरुको बैठक सम्पन्न भएको छ। मंगलबार नेपालको सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच समन्वायत्मक बैठक सम्पन्न भएको हो। भारतीय सशस्त्र सीमा बल (एसएसबी) को पाचौं बटालियन चम्पावत उत्तराखण्डमा डिआइजीस्तरीय काउण्टर पार्टस सम्बन्धी बैठक बैठक भएको हो।

जसमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को पक्षबाट उत्तराखण्ड पिलिभित सेक्टरका सेक्टर कमाण्डर (डिआइजी) सुनिल कुमार ध्यानी र अल्मोरा सेक्टरका डिआइजी डिएन भोम्बेसहित ११ जना कमाण्डरहरुको सहभागीता रहेको थियो।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैधनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेको कमाण्डमा भारतसँग सीमा जोडिएका ५ वटै जिल्लाका सशस्त्र प्रहरी बल, नेपालका कार्यालय प्रमुखहरुको सहभागीता थियो।

उक्त समन्वयात्मक बैठकमा सीमा ईलाकामा हुने सीमा अपराध सम्बन्धी विस्तृत रुपमा छलफल गरिएको थियो। यस्तै सीमा अपराध, सूचनाहरु आदानप्रदान, चाडपर्वलाई लक्षित गरी दुवै पक्षले सीमा क्षेत्रमा अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्नको लागि संयुक्त रुपमा गस्ति तथा चेकजाँचलाई तिब्रता दिने, नेपालीहरूको पर्व दशै, तिहार र छठ पर्वमा सीमा नाकाहरुबाट नेपाल भारत आवतजावत गर्ने नागरिकहरुलाई आवतजावतमा सहजिकरण गर्नको लागि स्थापित हेल्प डेस्कबाट थप प्रभावकारी सेवा उपलब्ध गराउने, दुबै पक्षबाट सीमा अतिक्रमणको नियमित निगरानी गर्ने र अतिक्रमण भएको पाईएमा स्थानीयस्तरबाट दुवै पक्षबीच समन्वय गरी अतिक्रमण रोकथाम तथा अतिक्रमण हटाउँदै जाने विषयमा छलफल भएको थियो।

यस्तो छ बैठक र छलफलको विवरण

१ सीमा ईलाकामा हुने सीमा अपराध सम्बन्धी विस्तृत रुपमा छलफल गरिएको तथा सीमा अपराध सम्बन्धी सूचनाहरु आदानप्रदान गरेको ।

१२ चाडपर्वलाई लक्षित गरी दुवै पक्षले सीमा क्षेत्रमा अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्नको लागि संयुक्त रुपमा गस्ति तथा चेकजाँचलाई तिब्रता दिने । ३ नेपालीहरूको महान चाँड बडा दशै, तिहार र छठ पर्वमा सीमा नाकाहरुबाट नेपाल भारत आवतजावत गर्ने नागरिकहरुलाई आवतजावतमा सहजिकरण गर्नको लागि स्थापित ज्भउि म्भकप बाट थप प्रभावकारी सेवा उपलब्ध गराउने ।

४ दुबै पक्षबाट सीमा अतिक्रमणको नियमित निगरानी गर्ने र अतिक्रमण भएको पाईएमा स्थानिय स्तरबाट दुवै पक्षविच समन्वय गरी अतिक्रमण रोकथाम तथा अतिक्रमण हटाउँदै जाने ।

५ चेलिबेटी बेचबिखन तथा मानव तस्करी नियन्त्रणमा दुवै पक्षबाट सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय गरी कार्य गर्ने ।

६ दुवै पक्षले अन्तराष्ट्रिय सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत सम्भार, पुनः निर्माण तथा रंगरोगन कार्यलाई स्थापित कार्यविधि अनुसार अगाडी बढाउँदै लैजाने ।

७ सीमा क्षेत्रमा मौलाउँदै गएको लागुऔषध तथा प्रतिबन्धित औषधिहरुको ओसारपसार गर्ने व्यक्तिहरु उपर विशेष निगरानी गर्ने र सो सम्बन्धी सूचनाहरुलाई एक आपसमा आदान प्रदान गर्ने । ८ नेपाल(भारत सीमा नाकाहरुबाट आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकहरु उपर विशेष निगरानी गरिने ।

९ सीमामा हुने अपराधिक गतिविधिहरु नियन्त्रण तथा निषेधित गर्नुका साथै अन्य विविध विषयहरु सम्बन्धी दुवै पक्षबाट आवश्यकता अनुसार सूचना आदान प्रदान गर्ने ।

clock बुधबार ०१, कार्तिक २०८० ०६:४९

प्रतिक्रिया