तेस्रो गौरिशंकर डेण्टल फुटसलको उपाधि पत्रकार महासंघ कैलालीलाई

  सोमबार २९, असोज २०८० ०७:०६

धनगढी । धनगढीमा जारी तेस्रो गौरिशंकर डेण्टल फुटसलको उपाधि नेपाल पत्रकार महासंघ कैलाली शाखाले हात पारेको छ । उपाधिसंगै महासंघले नगद २५ हजार र ट्रफी प्राप्त गरेको छ ।

फुटसल प्रतियोगिताको फाइनलमा आयोजक खेलकुद पत्रकार मञ्च कैलालीलाई ७(३ गोल अन्तरले पराजित गर्दै महासंघ प्रथम भएको हो । उपविजेता खेलकुद पत्रकार मञ्चले १५ हजार नगद र ट्रफी हात पारेको छ । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि महासंघका दीपक उपाध्यायलाई प्रदान गरिएको छ । त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि समेत महासंघकै शंकर बोहराले प्राप्त गरेका छन् भने उत्कृष्ट गोलकिपरको उपाधि आयोजक खेलकुद पत्रकार मञ्चका सिताराम ओझा र फेयर प्लेको उपाधि घोडाघोडी पत्रकार क्लबलाई प्रदान गरिएको छ । 

यसअघि आयोजक, महासंघसहित चडेपानी ब्वाइज, फुलबारी क्लब र घोडाघोडी गरि ५ टिम सहभागी प्रतियोगिताको असोज २७ गते  सामाजिक विकास मन्त्री झपटबहादुर साउदले उद्‍घाटन गरेका थिए । 

विजयी खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि, अतिथि लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितालाई धनगढी उपमहानगरपालिका, गौरिशंकर डेण्टल, मायामेट्रो अस्पताल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक, ज्योती आयल स्टोर लगायतले प्रायोजन गरेको थियो ।

clock सोमबार २९, असोज २०८० ०७:०६

प्रतिक्रिया