हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता : उपाधिका लागि एफएनजे र एनएसजेए भिड्दै

  आइतबार २८, असोज २०८० ०६:५९

धनगढी । कैलालीको धनगढीमा सुरु भएको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता फाइनल आज हुदैछ । 

खेलकुद पत्रकार मंच कैलालीको आयोजनामा सुरु भएको प्रतियोगिताको उपाधिका लागि लिग बिजेता पत्रकार महासंघ कैलाली र लिग उपविजेता खेलकुद पत्रकार मंच कैलाली भिड्दै छन् । 

दुबै टिमले लिगका चारमध्ये तीन खेल जितेका थिए । फाइनल खेल आज बिहान १० बजेदेखि फ्ल्याटल्याण्ड फुटसलमा हुने आयोजक खेलकुद पत्रकार मंच कैलालीले जनाएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा तेस्रो संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हिजोदेखि सुरु भएको थियो । 

प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

clock आइतबार २८, असोज २०८० ०६:५९

प्रतिक्रिया